|
Monday, December 11, 2023

कञ्चनपुरमा एभियसन म्यूजियम सञ्चालन,एक सय रुपैँयामा प्लेन चढन पाईने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ मा रहेको एभियसन म्युजियममा १ शय रुपैँयामा प्लेन चढन पाईने भएको छ ।

२०७० सालमा कस्मिक एयरको ग्राउण्डेड फोकर–१०० जहाजलाई क्याप्टेन वेद उप्रेतीले पर्यटन प्रवद्धन गर्ने उदेश्यले एभियसन म्युजियम संचालनमा ल्याएका हुन् ।

शनिबार पत्रकार सम्मेलन गर्दै क्याप्टेन उप्रेतीले आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र बिन्दु बनाउन र विशेष गरेर विधार्थी भाईबहिनीहरुलाई शिक्षा ज्ञान आर्जन गर्नको लागि यो म्युजियम संचालनमा आएको बताए ।

यो प्लेनमा अहिले सम्म २ देखी ३ करोड खर्च लोको उनले बताए । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले यो म्युजियमले पर्यटन क्षेत्रमा ठुलो टेवा पुय्राउने र भारतबाट पनि हेर्नको लागि पर्यटकहरुको आवागमनमा वृद्धि हुने बिस्वास लिएको बताए ।

अहीले आम जनताले आकाशमा मात्रै प्लेन उडेको देखेको भएपनि अब प्लेनमा चढेर आफनो ईच्छा पुरा गर्न सकिने उनले बताए ।

आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आर्कषणको केन्द्र विन्दु बनाउने उदेश्यले २०७० सालमा ग्राउण्डेड फोकर–१०० जहाजलाई पहिला धनगढी उपमहानगरपालिकाको कबर्ड हल नजिकै ९ वर्ष जती संचालनमा रहेको थियो ।

६ वर्षका लागि जग्गा लिजमा लिएर संचालमा आएको एयरक्राफ्टको जग्गाको सम्झौता अवधी सकिएपछि गत वर्षको पौषमा नेपालगञ्ज सारिएको थियो ।

क्याप्टेन उप्रेतीले धनगढी ल्याएर डेढ करोडको लगानीमा म्युजियम स्थापना गरेका थिए ।

तत्कालिन समयमा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उप्रेतीले संग्रालयका लागि करीब ७० लाख रुपैयाँमा फोकर जहाज खरीद गरेका थिए । संग्रहालयमा राइट ब्रदर्सका पालादेखि हालसम्मका दुई सयवटा मिनियचर एयरक्राफ्टस राखिएका छन् ।

संग्रहालयमा विश्वका ३० चर्चित पर्यटकीय गन्तव्य र सुदूरपश्चिमका २४ ठाउँको तस्बिरसमेत राखिएको छ । संग्रहालयभित्र घुम्नेले जेट ककपिट अवलोकन गर्न पाउँछन् ।

पाइलट र टावरको रेकर्डेड संवाद सुन्न सक्छन् । जहाजभित्रै ६० इन्चको टिभीमा एयरक्राफट म्युजियमसम्बन्धी बृतचित्र समेत देखाइने गरिएको छ । म्युजियम एजुकेशनल सेन्टर बनेको छ ।

विद्यार्थीले जहाजको विषयमा हरेक जानकारी लिन पाएका छन् । पाइलटको पोशाक लगाएर ककपिटमा र एयर होस्टेजको पोशाक लगाएर फोटो पनि खिच्न सक्छन् ।

उक्त म्युजियममा प्रवेश शुल्क १ शय रहेको छ भने बिधार्थीहरुलाई ५० रुपैँया तोकिएको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार