Saturday, July 27, 2024

भीमदत्तका नगरप्रमुख बोगटिले गरे पुर्णागिरि मेलाको उद्घाटन

प्रकाशित:

महेन्द्रनगर । हरेक वर्ष फागु पुर्णिमादेखि लाग्ने पुर्णागिरि मेलाको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटिले शुक्रबार उद्घाटन गरेका छन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको भीमदत्त नगरपालि वडा न ९मा हरेक वर्ष फागु पुर्णिमादेखि ३ महिना सम्म लाग्ने पुर्णागिरि मेलाको एक कार्यक्रमका बिच नगर प्रमुख बोगटिले उद्घाटन गरेका हुन ।नगर प्रमुख बोगटिले मेला उद्घाटन गरे संगै सीमावर्ति बजार ब्रम्हदेव लगाएतका गडा्चौकी,महेन्द्रनगर बजारमा भारतीय श्रद्धालु भक्तजनहरुको निकै चहलपहल बढ्न थालेको छ ।

भारतबाट आउने श्रद्धालु भक्तजनहरुको लागि ब्रहमदेब मन्दिर व्यावस्थापन समितिले पिउने पानि,निशुल्क शौचालय,श्रद्धालु भक्तजनहरुको लागि विश्राम गर्ने राति बाँस बस्नेहरुको लागि धर्मशालासमेतको व्यावस्था रहेको नगरप्रमुख बोगटिले बताए । भारतको उत्तराखन्ड,उत्तरप्रदेशसंगै दिल्ली लगाएतका शहरी तथा ग्रामिण क्षेत्रबाट भक्तजनहरु नेपाल आउने गरेको पाईन्छ ।

भारत उत्तराखन्डको चम्पावत अन्तर्गत टनकपुर उत्तरतिर चुरेको डाँडामा पर्णागिरि माताको मन्दिर छ ।ठिक वारि नेपालतर्फ खल्ला मसेट्टी,ब्रहमदेव र सदरमुकाम महेन्द्रनगर बजारमा सिद्धबाबाको मन्दिर छ । पुर्णागिरि माताको दर्शन गरेपछि सिद्धबाबाको अनिवार्य दर्शन गर्नु पर्ने धार्मीक विश्वास छ । किंवदन्तीअनुसार सिद्धबाबा पूर्णागिरिका भक्त थिए। उनको भक्तिबाट प्रशन्न भई पूर्णागिरिले आफ्नो र सिद्धबाबाको दर्शन अनिवार्य गर्नुपर्ने र तब मात्रै मनोकांक्षा पूरा हुने वरदान दिएका कारण यो परम्परा चलेको विश्वास रहेको छ ।यो मेला मात्रै होइन् धार्मिक सम्बन्धको एउटा उदाहरण पनि हो ब्रम्हदेवका स्थानीयहरुले बताएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार