Saturday, July 27, 2024

भीमदत्त नगरपालिका-१९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका-१९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

४० औँ बार्षिकोत्सव तथा अभिभावक मिलन समारोह सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक परमानन्द नाथले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको बताएका छन ।

प्रअ नाथले विद्यालयको ईतिहासदेखि हालसम्म शैक्षिक अवस्था बारे प्रस्तुत गर्दै नयाँ शैक्षिकसत्रमा कार्य योजना सहित अघि बढ्ने उल्लेख गरिएको छ । विद्यालयमा शैक्षिक स्तरबृद्धिका लागि दर्जनौँ विषयमा सुधार गरिएको छ ।

दरबन्दी मिलानदेखि विद्यार्थी कर्मचारी, शिक्षकमा एकरुपता ल्याउन पोषाको, अग्रेजी माध्यमबाट पठन पाठन, पुस्तकालय विषयगत शिक्षकको पदपूर्ति सहितका क्षेत्रमा सुधार गरिएको छ ।

हाल शिक्षक अभाव, सेमिनार हल अभाव, खेल मैदान शिक्षक, शौचालय अभाव रहेकाने देखाईएको छ ।

प्रअ नाथले आगामी शैक्षिकसत्रमा नर्सरीदेखि नै कक्षा १०सम्म अग्रेजी माध्यमकबाट पठन पाठन गराईने, आईसिटी जडान चिल्डेन पार्क, खानेपानी, सफ्टबेयर सुचना प्रणाली, खेल मैदान, डिजिटल कक्षा, अतिरिक्त कक्षा संचालन गर्ने योजना उख्लेख गरेका छन ।

कार्यक्रममा विद्यालयको बृद्धि विकासका योगदान पु¥याएका केही पुर्व पदाधिकारी, शिक्षक, उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

कार्यक्रममा भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष जग्गुराम चौधरीले आफ्नो तर्फबाट विद्यालयको बृद्धि विकासमा प्रतिबद्धता जाहेर गरेका छन ।

भीमदत्त नगरका उपप्रमुख निलम लेखकले पनि नगरपालिका तर्फबाट सामुदायिक विद्यालयको बृद्धि विकासमा जोडदिनुभयो ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले पनि विद्यालयको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताईन ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निर्वतमान आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावलले विगतमा पनि आफुले सहयोग गरेको र अहिले पनि गर्ने प्रतिबद्धता जोहर गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीले विभिन्न कला एव नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीले विद्यालयमा प्रविधियुक्त शिक्षा संचालनका लागि पहल गरिने बताए ।

सहायक प्रद्यानाध्यापक प्रेम प्रकास जोशीले संचालन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, नागरिक समाज, शिक्षा क्षेत्रमा अगुवा, विद्यार्थी अभिभावकको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार