
महेन्द्रनगर । अवैध लागूऔषध चरेश सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झलारीको टोलीले कृष्णपुर नगरपालिका–२ बंक घर भएर सोहि स्थानमा रेष्टुरेन्ट सञ्चालन गर्ने नरेन्द्र बहादुर चन्दलाई चरेशसहित पक्राउ गरेको हो ।
शंका लागि उनको रेष्टुरेन्टमा चेकजाँज गर्दा ९४ दशमलव ४० ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ ।
