२०७९ चैत्र १७, शुक्रबार |
Friday, March 31, 2023

गाडीको ठक्कर बाट १३ वर्षीय बालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । गाडीको ठक्करबाट पर्सामा १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका विश्वास श्रेष्ठको मृत्यु भएको हो ।

हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज-ठोरी सडकखण्डको विजयबस्तीमा बागमती प्रदेश नं १/०२७ च ०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे उनलाई ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा लगिएको थियो ।

उपचारको क्रममा बिहान सवा १० बजे अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

स्कारपियोसहित चितवन माडी नगरपालिका-३ घर भएका चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार