Saturday, July 27, 2024

कञ्चनपुर जिल्लामा सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतोमा अवैध माछाको कारोबार बढ्दो

प्रकाशित:

ऐश्वर्या कुवँर महेन्द्रनगर । कञ्चनपुर जिल्लामा भन्सार कर्मचारी सीमा सुरक्षाकर्मीको मिलोमतोमा भारतबाट भन्सार छली गरि ल्याएका सडेगलेका माछा नेपाल भित्रिने गरेको पाईएको छ । भन्सार क्वारेन्टि विना भारतबाट चोरी पैठारी गरी भारतीय माछा भित्रिने गरेको पाईएको हो ।स्वास्थयको लागि घातक मानिने फ्रर्मालीयन युक्त माछा भारतबाट दैनिक नेपाल भित्रिने गरेको पाईन्छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्वास्थ्यका लागि घातक मानिने माछा कञ्चनपुर जिल्लामा विक्रिवितरण दिनप्रतिदि तिव्रगतिमा बढ्दै गईरहेको भएपनि नियमन गर्ने निकाय भने मौन रहेको छ । ।दुई नम्बरी काम गर्ने तस्कहरुले कञ्चनपुरको पश्चिमी सीमानाका गडचौकी,दक्षीणी सीमाना बैलोरी,पुर्नवास,उत्तरी सीमानाका ब्रहमदेब,जीमुवा,दोधारा चादँनी झोलुङ्घेपुल बाट सडेगलेका भारतीय माछा नेपाल भित्तयाउने गरेको पाईएको छ ।

बैधानीक रुपमा भन्सारबाट राजस्व तीरेर क्वारिन्टीन गरेर मात्र नेपाल सरकारले माछा नेपाल भित्ताउने प्रक्रिया भएपनि कञ्चनपुरका धेरैजसो स्थानिय बजारहरुमा तस्करहरुले भन्सार छली गरी ल्याएका माछा खुल्लाम खुल्ला बिक्रिभईरहेको पाईन्छ ।नेपालमा खुल्लाम खुल्ला विक्रि भईरहेको माछा लाई प्रहरीले पक्राउ गरी नष्ट गरेपनि समस्या भने यथावत रहेको छ ।पछिल्लो समय भारतीय माछा नेपाल भित्रिने क्रममा बृद्धी भयसंगै कञ्चनपुर प्रशासनले कडा निगरानी बढाएको जिल्ला प्रशासन कार्यालयका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले बताउछन् ।

‘कञ्चनपुर भारत संगको खुल्ला सीमाना रहेकोले तस्करहरुले ठुलो मात्रामा भारतीय माछा भित्ताउने गरेको पाइएपछि प्रहरीले माछा तस्करहरुहरुलाई नियन्त्रणमा लिर्इ दैनिक जसो अवैध माछा नष्ट गर्ने गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।‘दैनिक जसो बजार अनुगमनलाई निरन्तरता दिन नसकेपनि बजारमा विक्रि भईरहेका भारतीय माछा माथी प्रहरीले निगरानि बढाएकोछ’।साथै कञ्चनपु भन्सार कार्याललाई समेत सीमानामा भारतीय माछा भित्रिन नदिन कडाई गर्ने आदेश दिईसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन् । सामुद्रकि क्षेत्रबाट आउने माछालाई लामो समय सम्म आलो राख्न स्वास्थयको लागि हानिकारक रसायन हुनेगरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार