Friday, March 29, 2024

रेशम चौधरी लाई रिहा गर्न आवश्यक छः माधव नेपाल

प्रकाशित:

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन् । धनगढीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधाननमन्त्री रहेका नेता नेपालले राजनीतिक प्रकृतिका मुद्दालाई चाँडो टुंगो लगाउनु पर्नेमा जोड दिए ।

‘शान्ति प्रक्रियासँग जोडिएका, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दामामिला छन्,’ नेपालले भने, ‘उहाँ (रेशम चौधरी)लाई रिहा गर्न आवश्यक छ ।’ सुदूरपश्चिममा एमाले नेतृत्वको सरकारलाई रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ढलेको थियो ।

माओवादी केन्द्रसमेतको सहभागिता रहेको सरकार ढलेपछि सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेस नेतृत्वमा सरकार बनेको छ र एकीकृत समाजवादी पनि सरकारमा सम्मिलित छ ।

तर यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसका लागि नागरिक उन्मुक्ति वा माओवादी केन्द्रका सांसदहरुको मत आवश्यक पर्छ । अर्को प्रसंगमा नेता नेपालले राष्ट्रपति सबैको सहमतिमा चयन हुने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार