Saturday, July 27, 2024

नक्कली कागजात बनाउने ३४ वर्षीया एकजना युवक पक्राउ

प्रकाशित:

महेन्द्रनगर । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली कागजात बनाउने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

पक्राउ पर्नेमा तेह्रथुमको म्याङ्लुङ नगरपालिका-१ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने ३४ वर्षीया सोनाम नेपाल रहेका छन् ।

बालाजुको बसन्तनगरस्थित उनले सञ्चालन गरेको युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमा सरकारी जागिरमा आबद्ध रहेको व्यक्तिको शैक्षिक प्रमाण पत्र बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

नेपालले विभिन्न तालिमहरूका नक्कली प्रमाण पत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी खानतलासीका लागि पुगेको थियो ।

सो क्रममा विभिन्न संघ संस्थाका लेटर प्याडहरू र छापहरू फेला पारी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

पक्राउ परेका नेपालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद अन्तर्गतको लिखत सम्बन्धी ९किर्ते गर्न नहुने० कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार