Saturday, July 27, 2024

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान

प्रकाशित:

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले चौधरीलाई कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो । फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ परेका थिए । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्ज लगेको थियो ।

नेपालगञ्जबाट काठमाडौं लगेर त्यहाँबाट बिहिबार नै धनगढी ल्याइएको थियो । चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेको खुलेको छ । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर कैलाली–२बाट जितेका हुन् ।

१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो । अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार