महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ मा बहुबिवाहका फरार प्रतिवादी पक्राउ परेका छन् ।

२०७१ बैशाख १५ गते जिल्ला अदालत कञ्चनपुरले बहुबिवाह मुद्दामा केशब लुहारलाई दोषी ठहर गरेको थियो । उनी ८ वर्षदेखि फरार थिए ।

कञ्चनपुरबाट खटिएको प्रहरी विशेष टोलीले आज उनकै घरबाट पक्राउ गरेको छ । प्रहरीले आजै लुहारलाई पक्राउ गरी अदालतमा पेश गरेपछि उनलाई १५ हजार जरिवाना सहित एक वर्ष कैदका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
