Friday, March 29, 2024

नेवि संघ कञ्चनपुरको अध्यक्षमा रमेश चटौत

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरको अध्यक्षमा रमेश चटौत चयन भएका छन । नेवि संघ केन्द्रीय समितिले चटौतलाई नेवि संघ जिल्ला अध्यक्षको जिम्मेबारी दिएको हो । नेवि संघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले चटौतलाई जिल्ला अधिवेशन गर्ने गरी अध्यक्षको जिम्मेबारी दिईएका हुन् ।

केन्द्रीय अध्यक्ष शेर्पाद्वारा हस्ताक्षर गरिएको पत्रमा चटौतलाई नेवि संघको विधान २०२७ को सातौँ संशोधन ०७५ बमोजिम तीन महिनाका लागि जिल्ला अध्यक्षमा चयन गरिएको हो ।

बेदकोट नगरका स्थानीय समेत रहेका नेता चटौत विगत १२ बर्षदेखि नेवि सघको राजनीतिमा सकृय छन । उनले भुवनेश्वरी मावि सिसैयामा नेवि संघ इकाई अध्यक्षदेखि राजनीति शुरु गरेका थिए ।

नेवि संघ कञ्चनपुरलाई एक ढिक्का बनाएर अघि बढाउँदै विद्यार्थीको हकहितमा काम गर्ने उनले प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार