Thursday, March 28, 2024

कृष्णपुर नगरपालिका द्धारा कृषकलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण

प्रकाशित:

  महेन्द्रनगर । कृष्णपुर नगरपालिका कृषि विकास शाखाले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरेको छ । सोमबार कृष्णपुर नगरपालिका वडा न २ बनारा खल्ला शिविर नजिकै एक औपचारिक कार्यक्रमका बिच बगर खेती गर्ने किसानलाई नगरप्रमुख हेमराज ओझा ,नगर उपप्रमुख द्रोपती राना र वडा न २ का अध्यक्ष अर्जुन साउँदले संयुक्त रूपमा किसानलाई बीउ वितरण गरेका हुन् ।

बीउ वितरण पश्चात नगरप्रमुख ओझाले किसान दाजुभाइ दिदीबहिनीहरुको जीवन स्तर सुधारका लागि किसानलाई लक्षित गर्दै नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरिरहेको बताए ।

उनले मौसममा तरकारी सुपथ र सहजै उपलब्ध भएपनी बेमौसममा सहजै उपलब्ध नहुने उपलब्ध भैहाले अत्याधिक महंगो मुल्यमा उपभोक्ताले खरिद गर्नुपरेको भन्दै वडा न १,२ र ३ का किसान दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गर्दै छिट्टै मिनि कोल्ड स्टोर निर्माण र समग्र कृष्णपुरबासीका एउटा ठुलो क्षमताको कोल्ड स्टोर बनाउने योजना रहेको बताए।

नगरप्रमुख ओझाले हिजोको दिनमा बगरखेती सम्पुर्ण भारतीयले गर्ने भएपनी अहिले आफ्नै नेपालि दाजुभाइ दिदीबहिनीहरु बगरखेतीमा संलग्न रही आयआर्जन बढेको भन्दै खुशी व्यक्त गरे । त्यस्तै नगरप्रमुख ओझाले किसान दाजुभाइहरुले मौसमी खेती मात्र नभइ बेमौसमी खेती गर्न तयार हुनुपर्ने र त्यसका लागि किसानलाई आवश्यक पर्ने मलखाद एवं बीउ अनुदानमा चाहेजती मात्रामा नगरपालिका उपलब्ध गराउन तयार रहेको बताए । त्यस्तै उपप्रमुख द्रोपती रानाले नगरपालिका किसानको हितमा रहेर काम गरिरहेको बताइन ।

उनले विषादी युक्त तरकारीको बढ्दो प्रयोगले हाम्रो स्वास्थ बिग्रीदै गैरहेको भन्दै विषादी रहित तरकारी उत्पादन गर्न किसानलाई आग्रह गरिन । वडा न २ का अध्यक्ष अर्जुन साउँदले वडाको समग्र विकासका लागि आफू सक्दो पहल गरिरहेको बताए । उनले तरकारी खेती केबल समय गुजार्ने गरि गर्नु भन्दापनी आयआर्जनको माध्यम बनाउने गरि अगाडि बढ्नुपर्ने बताए ।

बगरखेतीका लागि आवश्यक पर्ने बीउ भावना कृषक समूह,कल्पना कृषक समूह,जनचेतना कृषक समूह र सम्झना कृषक समूहलाई वितरण गरिएको हो ।कृष्णपुरका वडा न २,३,७,८ र ९ मा किसानले बगर खेती गर्दै आएका छन् ।
कार्यक्रममा नगर उपप्रमुख द्रोपती राना, वडा न २ का अध्यक्ष अर्जुन साउँद,कृष्णपुर नगरपालिका कृषि शाखा प्रमुख लाल बहादुर धामी,वडा न २ का सदस्य राजु सिंह र जित चौधरी लगायत बनारा खल्ला शिविरका किसानहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार