Saturday, July 27, 2024

सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न बि.ओ.पि.बेलौरी द्धारा अन्तरक्रिया कार्यक्रमको आयोजना

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा रहेको बोडर आउट पोस्ट बेलौरीले सिमामा अपराध रोकथाम तथा चोरी निकासी,पैठारी नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार बेलौरीका सक्रिय विभिन्न राजनीति दलक प्रतिनिधि,जनप्रतिनिधि, विभिन्न संघसंगठनका प्रतिनिधि,ब्यापारी,पत्रकार तथा स्थानीय नागरिकको उपस्थितिमा बोडर आउट पोस्ट बेलौरीले एक कार्यक्रमका बिच सिमा अपराध रोकथाम तथा चोरी निकासी÷पैठारी नियन्त्रण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सिमानाका हुने अपराध तथा अन्य घटना नियन्त्रण,सिमानाका भएर वारपार गर्ने दुबै देशका नागरिकको अनिवार्य नाम ईन्ट्री गर्नुपर्ने,तस्करीमा सङलग्नलाई नियन्त्रणमा लिई कार्वाही गर्नुपर्ने र सिमानाकाका महत्त्वपूर्ण स्थानहरूमा आवश्यक जनशक्ति खटाएर अनिवार्य सुरक्षाको लागि प्रवन्ध मिलाउनु पर्ने लगायतका सवालहरु कार्यक्रममा सहभागीहरुले राख्नुभएको थियो ।

सिमानाकामा चोरी तस्करी, लागुऔषध, मानवबेचबिखन तथा अपराध लगायतका घटना नियन्त्रण गर्ने सवालमा बेलौरीका सक्रिय विभिन्न राजनीति दलका प्रतिनिधि,जनप्रतिनिधि,विभिन्न संघ संस्थाका प्रतिनिधि,ब्यापारी,पत्रकार तथा स्थानीय नागरिकको महत्त्वपूर्ण साथको आवश्यकता रहने र थप सुझाव सल्लाह आदानप्रदानका लागि अन्तरक्रिया तथा छलफल गरिएको बि.ओ.पि.बेलौरीका प्रहरी निरीक्षक गोकर्ण भट्टराईले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार