२०८० मंसिर १३, बुधबार |
Wednesday, November 29, 2023

ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु र एकजना गम्भीर घाइते

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कैलालीमा ट्याक्टर दुर्घटना भएर सहचालकको मृत्यु र चालक गम्भीर घाइते छन् ।

गोदावरी नगरपालिका–१२ को रातापानी सामुदायिक वनमा शुक्रबार बिहान से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा कञ्चनपुरको पुनर्वास नगरपालिकाका-४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सहचालक चौधरीको ट्याक्टरको इन्जिनमा च्यापिएर मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक पुनर्वास नगरपालिका-१० का ४१ वर्षीय सत्तु राना गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार