Friday, April 19, 2024

८ वर्षीय भाञ्जाको घाँटी रेटेर मामाले गरे हत्या

प्रकाशित:

महेन्द्रनगर । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० मा मामाले भाञ्जाको हत्या गरेका छन् ।

माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । नातामा उनीहरु मामा भाञ्जा हुन् । हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर गोपाल श्रेष्ठले बताए ।

डम्बरको घर नजिकै मन्दिरबाट प्रहरीले भिजनको शव बरामद गरेको छ । खुर्पाले रेटेर हत्या गरिएको पुजनको टाउको र शरीर लगभग छुट्टिएको छ ।

छालाको भागले टाउको अड्याएको अवस्थामा शव भेटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए । स्थानीयले देउता आएको भनेर डम्बर काम्ने गरेको र मन्दिरमा भाञ्जाको बली दिएको प्रहरीलाई बताएका छन् ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । आइतबार दिउँसो २ बजे हत्या भएको खबर आएपछि प्रहरी टोली घटस्थलमा पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार