|
Monday, December 11, 2023

अवैध लागूऔषध खैरो हेरोइन सहित कञ्चनपुरमा दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीबाट अवैध लागूऔषध खैरो हेरोइन सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलौरीको संयुक्त गस्ती टोलीले बेलौरी नगरपालिका–६ को सीमा क्षेत्रबाट दुई जनालाई १ ग्राम ८७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर बस्ने २० वर्षीय अभिषेक राना र लालझाडी गाउँपालिका–२ कञ्ज बस्ने १९ वर्षीय विजय रानालाई पक्राउ गरेको हो ।

दुबै जनाको साथबाट सु प प्र ०१–००९ प १३२ नम्बरको मोटरसाइकल र ०१–००९ प ६१६५ स्कुटी पनि बरामद गरिएको छ । (सीमारेखा)


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार