Saturday, July 27, 2024

स्कुल बसको ठक्करबाट एकजना वृद्धाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । स्कुल बसको ठक्करबाट झापाको गौरादह नगरपालिका–१ मा एकजना वृद्धाको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गौरादह–१ स्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुलको बसले पैदल यात्री ७२ वर्षीय तुलसा दाहाललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दिउसो ३ बजे ठक्कर दिएकोमा उपचारको क्रममा राति ९ः१५ मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

बस चालक अमरलाल ताजपुरिया प्रहरीको नियन्त्रणमा रहेको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार