Saturday, April 20, 2024

कृष्णपुरमा नागरिकसँग मेयर कार्यक्रमको शुभारम्भ: जनताको नि:शुल्क स्वास्थ्य परीक्षण पहिलो प्राथमिकता

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले नागरीकसँग मेयर कार्यक्रम शुरु गरेको छ । एक कार्यक्रमका बीच विहिबार नगरपालिकाको सभाकक्षमा नगरप्रमुख हेमराज ओझाले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन ।

“नागरीकसँग मेयर कार्यक्रम” को पहिलो चरणमा कृष्णपुर नगरपालिकाका प्रत्येक नागरीकको स्वास्थ्य प्राश्वचित्र (प्रोफाइल ) बनाउने उद्येश्यका साथ स्वास्थ्यकर्मीको टोली ९ वटै वडाका नागरीकहरुको घरआगनमै पुगी निशुल्क रक्तचाप द्यए जाँच गरिनुका साथै दिर्घरोगहरु महिलाको आङ खस्ने समस्या, मृगोला रोगहरु/मृगोला प्रत्यारोपण, क्यान्सर, मुटुरोग COPD / दम , स्पाइनल ईन्जुरी हेड ईन्जुरी, अपाङ्गता, सिकल सेल एनिमिया, थालेसिमिया, क्रोनिल लिभर डिजिज, मष्तिस्क घात,जटिल किसिमको बर्न, मानसिक रोग लगायत नसर्ने रोगहरुको विवरण संकलन गरिने नगरप्रमुख हेमराज ओझाले बताए ।

त्यसपछि दोश्रो चरणमा आवश्कता अनुसार स्वास्थ्य शिविर सञ्चालनमा ल्याइने र थप स्वास्थ्य सम्बन्धी कार्यक्रम अगाडी बढाइने नगरप्रमुख ओझाले बताएका छन ।

नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाका नागरीकहरुको स्थास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै आनो कार्यकाल भित्रै नगर अस्पताल पनि सञ्चालनमा ल्याइने बताए । हाल कृष्णपुर नगरपालिका वडा न ५ गुलरीयामा रहेको कृष्णपुर स्वास्थ्य चौकीले २४सौं घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै नगरपालिकाले हाल गर्भपती महिला,दिर्घरोगी,आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई निशुल्क एम्बुलेन्स सेवा,आवश्यकता अनुसार कृष्णपुरका नागरीकलाई निशुल्क रगत सेवा, कृष्णपुर स्वास्थ्य चौकीमा सम्पूर्ण स्वास्थ्य चेकजाँच निशुल्क लगाएतका सेवा दिदै आएको छ ।

उक्त नागरीकसँग मेयर कार्यक्रममा नगरप्रमुख ओझासहित नगरउपप्रमुख द्रोपती राना,स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्ट,कृष्णपुरका सम्पूर्ण स्वास्थ्य युनीटका ईन्चार्ज र सञ्चारक्रमीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार