Saturday, July 27, 2024

पेस्तोल सहित कैलालीमा दुईजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कैलालीको गौरीगंगा–४ राजिपुर र नगरपालिका–९ भगवानपुरमा पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राजिपुरका ३५ वर्षीय नरेन्द्र खडायत र भगवानपुरका ३६ वर्षीय महेन्द्र देउवालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार दिउँसो एक थान पेस्तोल सहित दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली, ईलाका प्रहरी कार्यालय मालाखेती र ईलाका प्रहरी कार्यालय मसुरिया कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले देउवाको घरबाट मेड इन युएसए नामक पेस्तोल सहित दुबै जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी गराएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार