Friday, April 19, 2024

श्रीमान् श्रीमती मृत अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । चितवनको भरतपुर महानगरपालिका वडा नं.-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २८ वर्षका प्रेम राना मगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २५ वर्षकी शान्ति राना मगर भुईँमा मृत भेटिएका हुन् ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार