|
Monday, December 11, 2023

अवैध लागूऔषध सहित बेदकोटबाट एकजना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । अवैध लागूऔषधसहित कञ्चनपुर प्रहरीले बेदकोटबाट एक जनालाई पक्राउ गरेको छ ।

आइतबार १ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरोको महेन्द्रनगर शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त टोलीले बेदकोट नगरपालिका–७ बाट एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार पैदल हिन्दै गरेका बेदकोट–७ का ४२ वर्षीय गणेश सिंह भण्डारीलाई शंका लागेर चेकजाँच गर्दा उनले ज्याकेटको खल्तिभित्र कालो प्लाष्टिकको थैलोमा लुकाएको फेनेगेन २० थान र रेक्सोजेसी लेखिएको १७ थान एम्पुल बरामद गरिएको छ ।

भण्डारीलाई नियन्त्रणमा लिएर कानून बमोजिम थप अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिएका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार