Saturday, July 27, 2024

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकजना युवकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कञ्चनपुरको पुनर्वास नगरपालकाको वडा नं. ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ ३० वर्षीय दिपकबहादुर श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी पनि हुन् । बिहान करिब ४ः ५० बजेतिर आफुहरुलाई खबर प्राप्त भएको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तिका ईञ्चार्ज नरेशराज मल्लले बताए ।

घटनाका बारेमा आफै लडेर मृत्यु भएको वा कुनै सवारीसाधनमा ठोकिएको कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको मृत्युको शोकमा आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार