Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बेदकोटका कर्मचारीमाथि अराजक समुहद्वारा कुटपिट

प्रकाशित:

Advertisements

 महेन्द्रनगर । कंचनपुरको बेदकोट नगरपालिकामा कार्यरत कर्मचारी माथि आइतबार राती अराजक समुहबाट दुर्ववहार तथा कुटपिट भएको छ ।

बेदकोट नगरपालिकामा रहेका छाडा चौपाया व्यवस्थापनका लागि हेरालाका रूपमा राखिएका गणेश धानुकमाथी भएको दुर्ववहार तथा कुटपिटको घटना प्रति खेद प्रकट गर्दै नगरपालिका प्रशासनले प्रेस बिज्ञाप्ती जारी गरेको छ ।

आइतबार राति छाडा चौपायाको रेखदेखमा बसेका धानुकमाथी अराजक व्यक्ति तथा समुहले हातपात गरेको नगरपालिकाले जनाएको छ ।

काममा खटिएका कर्मचारी माथि भएको दुर्ववहार तथा कुटपिटको घटना प्रति घोर भत्सर्ना गर्दै नगरपालिकाले दोषी माथि छानबिन गरि कानुनी दायरामा ल्याउन सम्बन्धि निकायलाई आग्रह गरेको छ ।

अराजक तरिकाबाट अनुशासनहिन गतिविधि गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कार्वाही गर्नुका साथै यस्ता अवाञ्छित क्रियाकलापहरुलाइ नियन्त्रणगरि राष्ट्रसेवक कर्मचारीलाई निर्भयतापुर्वक काम गर्ने वातावरण सिर्जना गरिदिन हुन समेत स्थानीय प्रशासन र जिल्ला प्रशासनलाई उक्त बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार