ज्यान मार्ने उद्योग मुद्धाका एकजना फरार कसुरदार पक्राउ

प्रकाशित:

महेन्द्रनगर । ज्यान मार्ने उद्योग मुद्धाका एक जना फरार कसुरदारलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–११ दिपनगरका हरिश भट्टलाई प्रहरीको बिशेष टोलीले बिहीबार महेन्द्रनगर बजारबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहका अनुसार जिल्ला अदालत कञ्चनपुरको ०७७ साउन १३ गतेको आदेश अनुसार मुतलबिमा रहेका भट्टलाई बजारमा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका भट्टलाई कञ्चनपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो । प्रहरीका अनुसार अदालतले उनलाई ५० हजार धरौटीमा तारेख छाडेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार