Saturday, July 27, 2024

सालको २३ थान गोलिया र ५ थान सालको चिरान कैलालीमा बरामद

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा सालको २३ थान गोलिया र ५ थान सालको चिरान बरामद गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मा गाउँ बाट २३ थान सालको गोलिया र ५ थान सालको चिरानको काठ बरामद गरिएको छ ।

सब डिभिजन वन कार्यालय फूलबारी र भारताल साझेदारी वन उपभोक्ता समूहको संयुक्त गस्ती टोलिले विशेष सुराकीको आधारमा उर्मा गाउँको दक्षिण टोलमा घरघरमा काठ लुकाइ छिपाइ राखेको अवस्थामा बरामद गरेको हो ।

टोलिले दक्षिण टोलका घरघरमा खोज तलास गर्दा घर आँगनको परालमा र बाटोको नालाहरुमा विभिन्न ब्यक्तिका घरहरूबाट २३ थान सालको गोलिया र ५ थान चिरान गरि लगभग ४२३ क्यूफिट साल काठ बरामद गरेको सब डिभिजन बन कार्यलय फुलबारीका प्रमुख लोक राज दाहालले जानकारी दिए ।

सोहि गाउँका प्यारेलाल रानालाइ प्रकाउ गरिएको छ भने बाकीको खोजी कार्य भइरहेको उनले बताए ।

काठ कहा बाट ल्याएको र अन्य ब्यक्तिहरुको खोजी गरि घटनाको अनुसन्धान गरिने छिटै कानुनी दायरामा ल्याइ बन ऐन अनुसार कारबाही गरिने उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार