Saturday, July 27, 2024

बैतडी शिक्षक बिष्टको हत्यामा संलग्न दुईजना सार्वजनिक

प्रकाशित:

महेन्द्रनगर । कृष्ण माध्यमिक विद्यालय, पाटनका शिक्षक धनबहादुर बिष्टको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सुर्नया गाउँपालिका–२ घर भएका ५५ बर्षिय शिक्षक बिष्टको हत्यामा संलग्न पुर्चौंडी नगरपालिका ३ न्वादेउ घर भएका प्रजा बोहरा र उनकै श्रीमती बिमला बोहरालाई प्रहरीले सार्वजनिक गरेको हो ।

कृष्ण मावि पाटनमा कम्प्युटर डिप्लोमा चौथो सेमिष्टरमा पढ्दै आएकी बोहरा र शिक्षक बिष्ट एउटै छात्रबासको तल्लो मल्लो कोठामा बस्दै आएको प्रहरीले जनाएको छ ।

गत पुस १ गते राती शिक्षक बिष्ट र अभियुक्त बोहरा आपत्तिजनक अवस्थामा फेला परेपछि उनका श्रीमान प्रजाले आबेगमा आएर कुटपिट गर्दा उनको मृत्यु भएको बैतडीका प्रहरी नायब उपरिक्षक प्रेमबहादुर शहीले पत्रकार सम्मेलनमा बताए ।

‘राती पौने १० बजे शौचालय जान्छु भन्दै निस्किएकी श्रीमती अबेरसम्म नआएपछि खोज्न जादा बिष्टले अंगालो हालेको देखे,’ प्रजा बहादुर बोहराको बयान उद्ध्रित गर्दै प्रहरी नायब उपरिक्षक शाहीले भने ‘आवेगमा आएर मुख र छातिमा मुड्की प्रहार गर्दा उनी ढले, केही पर लगेर पिटेपछि उनको मृत्यु भयो ।’

शिक्षक बिष्टको मृत्युपछि छात्रबास पछाडिको झाडीमा दुबै जना लोग्ने स्वास्नी मिलेर फालेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनामा अरुको पनि संलग्नता भए नभएको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

शिक्षक बिष्टको शव पौष २ गते दिउँसो फेला परेको थियो । त्यो भन्दा अघिल्लो दिन पाटन नगरपालिका–६ पोखरी नजिक मृतक शिक्षक लगायत कृष्ण माबिका स्टाफहरुले पिकनिक गर्दै रमाईलो गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार