Saturday, July 27, 2024

बेलौरीमा ३ लाख ८० हजार नगदसहित गरगहना चोरी

प्रकाशित:

महेन्द्रनगर । बेलौरी नगरपालिका–१ फटैयाको एक घरबाट अज्ञात समुहले नगदसहित गरगहना चोरी भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधबार राति फटैयाका राजेन्द्र भट्टको घरमा चोरी भएको हो । उनको घरबाट ३ लाख ८० हजार नगदसहित सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारले प्रहरीमा दिएको निवेदनमा १०-१२ जनाको समूहले राती १२ बजेतिर घरमा हातहतियार सहित आएर चोरी उल्लेख छ ।

नगद र गरगहना गरि ७ लाखको सम्पति चोरी भएको निवेदन परेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।

‘हामिले निवेदन पाए लगत्तै अनुसन्धान अगाडि बढाएका छौं,’ उनले भने, ‘हिन्दी भाषा बोल्नेहरुको समूहले चोरी गरेको पीडित परिवारले बताएका छन् ।’

भारतीय प्रहरीसँगको समन्वयमा शंकास्पद व्यक्तिहरुमाथि निगरानी गरिरहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार