Saturday, July 27, 2024

कैलालीमा ४ दिनमा ५ ठाउँमा लाखौं रुपैयाँ चोरि

प्रकाशित:

महेन्द्रनगर । कैलालीमा पछिल्लो समय चोरी तथा लुटपाटका घटनामा वृद्धि भएको पाईएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत आइतबार गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुखड र अत्तरियामा सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भयो ।

मोटरसाइकलमा सवार दुई जनाले सुनारलाई गोली प्रहार गरेका थिए । डाँका समूहले उनको साथमा रहेको ३५ तोला सुन लुटेर फरार भयो ।

यस्तै, मंगरबार बिहान पौने तीन बजे डाँकाहरूको एक समूहले धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बङ्ग्राकटानमा घरमै घुसेर दुई राउण्ड गोली चलाएको छ ।

वडा नम्बर–९ शिवरामनगर टोलका स्थानीय प्रजापति बिष्टको घरमा रहेको अटो रिक्साको ब्याट्री चोरेर लगेको लुटेरा समूहको स्थानीयले प्रतिकार गर्दा उनीहरू भागेका थिए ।

यस्तै, अर्काे घटना, बुधवार राती कैलालीको गोदावरी नगरपालिका २ मा एक सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी भएको छ ।

गोदावरी नगरपालिका २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर टुटाएर रुपैयाँ चोरेर लगेको सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बताए उता, धनगढी उपमहानगरपालिका–९ बङग्राकटानको वनदेवी टोलका जगन्नाथ भट्ट र जगत पार्कीको घरमा बुधबार राति चोरी भएको हो ।

भट्टको घरबाट दुई थान लेडिज साईकल र पार्कीको घरबाट डेढ क्वीन्टल गहुँ चोरी भएको स्थानीय रुद्र पन्तले बताए ।

हरेक वर्ष दिनहुँ चोरी हुने बङ्ग्राकटानमा घरभित्र गहुँ समेत चोरी भएको पन्तले बताए । तर, कैलाली प्रहरीले भने अहिलेसम्म चोरीको घटनाबारे जानकारी नआएको बताएको छ ।

उता, धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलवारीस्थित एक सहकारीमा चोरी भएको हो।

मंगलबार राति सुर्मा साईपाल ऋण तथा बचत सहकारीको फूलवारी शाखामा चोरी भएको बताइएको छ ।

सहकारीको सटरको ताल्चा तोडेर अज्ञात समूहले नगद चोरी गरेको सहकारीका शाखा सञ्चालक कुम्भ गिरीले जानकारी दिए ।

लकरमा राखिएको १ लाख ९७ हजार ६ सय ४८ रकम चोरी भएको उनले बताए । यता, प्रहरीले भने चोरको खोजतलासमा खटिएको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार