Saturday, July 27, 2024

सत्यतथ्य छानबिनको माग गर्दै बुधवार बैतडीको पाटन नगरपालिकामा तालाबन्दी

प्रकाशित:

महेन्द्रनगर । शिक्षक धनबहादुर बिष्ट प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै बुधवार बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कृष्ण माध्यामिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक बिष्ट प्रकरणको सत्यतथ्य छानबिनको माग गर्दै बुधवार नगरपालिकाको कार्यालयमा संघर्ष समितीले तालाबन्दी गरेको हो ।

स्थानीय सरकारले पिडीतलाई न्याय दिनका लागि सहयोग गर्नुपर्नेमा दबाब दिन नगरपालिकामा तालाबन्दी गरिएको संघर्ष समितीका संयोजक एवं शिक्षक बिष्टका आफन्त लीला बिष्टले बताए ।

‘स्थानीय सरकारले पिडीतको पक्षमा बोल्नुपर्ने हो , मौन छ त्यसकारण न्यायी प्राप्तीका लागि दबाव दिनका लागि तालाबन्दी गरिएको हो ’ संयोजक बिष्टले भनिन् ‘अब पनि मौन बसे आन्दोलनका कार्यक्रम सशक्त बन्छन् । ’संघर्ष समितीले आज बिहानै देखी दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

शिक्षक बिष्टको मृत्यु शंकास्पद रहेकाले दोषीले चाडौ भन्दा चाडो पत्ता लगाउन माग राख्दै दशरथचन्द राजमार्ग अवरुद्ध पारेको संघर्ष समितीले जनाएको छ ।

यस्तै नगरक्षेत्रभित्रका बजार र विद्यालय पनि बन्द रहेका छन् । यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् ।

पौष १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक बिष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए । आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् ।

प्रहरीले घटनाको सुक्ष्म तरीकाले अनुसन्धान भैरहेको जनाएको छ । मंगलबार देखी सिआइवीको टोलीले घटनाको अनुसन्धान गरीरहेको छ ।

४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमीत्त प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार