Thursday, April 25, 2024

नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा

प्रकाशित:

महेन्द्रनगर । नेपाल प्रहरीका २३ जना उपरीक्षकहरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विभागले आवश्यकताका आधारमा कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसहित २३ जनाकोे काज सरुवा गरेको हो ।

कैलालीका प्रहरी प्रमुख राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटाएको छ, भने उनको ठाउँमा देवेन्द्रबहादुर पाल आएका छन् ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय झापा, पर्सा, सर्लाही, धनुषा, सिन्धुली, बाँके र सुर्खेतका प्रहरी प्रमुख फेरिएका छन् ।

झापामा दुर्गाराज रेग्मी, पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, बाँकेमा सन्तोषसिंह राठौर र सुर्खेतमा योगेन्द्रसिंह थापाको सरुवा भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार