Friday, April 19, 2024

राष्ट्रिय भूमि आयोगको तत्काल सुकुम्बासीलाई नहटाउने निर्देशन

प्रकाशित:

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य तत्काल नगर्न निर्देशन दिएको छ ।

आयोगले आज गोरखापत्रमा एक सूचना जारी गर्दै लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य नगर्न काठमाडौं महानगर सहित सबै स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायलाई निर्देशन दिएको छ ।

‘‘काठमाडौं महानगरपालिका सहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्नर नगराउन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार