Saturday, July 27, 2024

शीर्ष नेताहरु चुनावी आसभालाई सम्बोधन गर्न देश दौडाहमा

प्रकाशित:

महेन्द्रनगर । ओली कार्तिक २६ गते पुनः सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार सो दिन ओलीले तीन वटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ओलीले कार्तिक २६ गते डोटीको दीपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरिया र ४ बजे लम्कीको आमसभालाई सम्बोधन गर्ने छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म गृहजिल्ला डडेल्धुराका विभिन्न ७ ठाउँमा भएका चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।

अहिले प्रधानमन्त्री देउवा कैलालीको धनगढीस्थित आफ्नै निजी निवासमा बसिरहेका छन् । यतैबाट बुधवार दार्चुला र बैतडीमा हुने आमसभालाई सम्बोधन गर्न देउवा त्यतातर्फ जाने कार्यक्रम छ।

सोही आमसभालाई सम्बोधन गर्न सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि आउँदैछन्।

ताजा समाचार

सम्बन्धित समाचार