महेन्द्रनगर । जिल्लाको गैडहवा गाउँपालिका–२ रुपन्देहीमा गए राति दुईवटा मोटरसाइकल ठोक्किंदा भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको छ ।
लु ५ प ९७३२ नम्बरको मोटरसाइकल र लु ७६ प ३३७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुबै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी श्यामु अर्यालले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अर्यालले बताए ।