Saturday, July 27, 2024

घट्न थाल्यो रातो आलुको मूल्य, कति पुग्यो यसको मुल्य ?

प्रकाशित:

महेन्द्रनगर । रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ पुगेर ओरोलो लागेको छ । पछिल्लो २ वर्षयताकै महँगो बिन्दुमा पुगेर रातो आलुको मूल्य केही घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार रातो आलुको मूल्य ७८ रुपैयाँ प्रतिकिलो तोकिएको छ । जुन १५ मंसिर २०७७ मा रातो आलुको औसत प्रतिकिलो मू्ल्य ८८ रुपैयाँ पुगेको थियो ।

त्यसपछि गत २६ असोजमा रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ थोकमा कायम भएको थियो । उक्त मूल्य पछिल्लो २ वर्ष यताकै उच्च थियो । त्यस अघि ९ कात्तिक २०७७ मा आलुको थोक बिक्री मूल्य ११४ रुपैयाँ प्रतिकिलो पुगेको थियो ।

बजार विकास समितिका अनुसार यो वर्ष गत वैशाख देखि रातो आलुको मूल्य बढ्न सुरु भएको थियो । १५ वैशाखमा प्रतिकिलो २८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको आलुको मूल्य त्यसयता भने निरन्तर बढेको थियो ।

६ महिनामा किलोमा ७१ रुपैयाँले बढेको आलुको मूल्य कात्तिक देखि भने घट्न सुरु भएको हो । पहिलो पटक बजारमा आएको आलु उपभोक्ताले धेरै खोजी गर्दा मूल्य एक सय रुपैयाँ नाघेको थियो ।

अब साँखु र पाँचखालको आलु आउन थालेको छ, मूल्य घट्दैछ ।’ हरेक वर्ष यो सिजनमा रातो आलुको मूल्य बढ्ने भए पनि यस वर्ष मूल्य अलि धेरैले बढेको बजार विकास समितिले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार