Saturday, July 27, 2024

कञ्चनपुर–१ मा बिना र दिवानको एउटै आवाजः ‘जनताको सपना साकार पार्छौ’

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं।१ बाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा पुर्ब मन्त्री बिना मगरले ठूलो त्याग तपस्या र बलिदानबाट निर्माण गरिएको संबिधानको रक्षा संगै यस क्षेत्रको विकास र समृद्धिका लागि गठबन्धन जनताको घरदैलोमा आएको बताउनुभएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बेलडाडी गाउपालिकामा निर्वाचन क्षेत्र स्तरिय लोकतान्त्रीक बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय उदघाटन गर्दै उहाले जनताका सपना र विकासका चाहना पुरा हुन बाकी रहेको भन्दै संबिधानको पुर्ण कार्यान्वयन संगै राष्ट्रलाइ समृद्ध बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

देशको रक्षाका लागि बिशेष परिस्थितीमा गठबन्धन निर्माण भएको भन्दै सक्षम, समृद्ध र विकासित नेपाल बनाउनका लागि जनताहरुले गठबन्धनलाइ जिताउनेमा आशाबादी रहेको समेत बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं.१ प्रदेश सभा २ का प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि दिवान सिह बिष्टले जनताहरुको चाहना अनुरुप आफुहरु काम गर्ने भन्दै गठबन्धनका उम्मेदवारहरुलाइ अत्यधिक बहुमतले जिताउन आग्रह गर्नुभएको छ ।

संकटको घडीमा देशको रक्षा गर्न लोकतान्त्रीक बाम गठबन्धनको निर्माण भएको भन्दै देशको रक्षा संगै जनताको शुरक्षा र विकास पनि यहि गठबन्धनले गर्ने उहाको भनाइ रहेको छ । कार्यक्रमामा माओवादी केन्द्रका समानुपातीक तर्फका उम्मेदवार प्रेम सिह बोहरा र दिपा चौधरीले समेत मन्तव्य राख्नुभएको थियो । लोकतान्त्रीक बाम गठबन्धनले बिहिबार बेलडाडी गाउपालिकामा आफनो घरदैलो अभियान समेत संचालन गरेको थियो ।

माओवादी केन्द्रका तर्फबाट गठबन्धनकी प्रतिनिधि सभा सदस्यकी साझा उम्मेदवार बिना मगरले यहि क्षेत्रबाट बिजयी भएर खानेपानी मन्त्री भैसकेकी छिन भने कांग्रेसका तर्फबाट क्षेत्र नं.१ ,२ का प्रदेश सभा सदस्य पदका उम्मेदवार दिवान हिस बिष्ट बिजयी भएर संबिधान सभा सदस्य भैसकेका छन । चुनावको मिति नजिकिदै जादा दलहरुको घरदैलो कार्यक्रम संगै अन्य चुनाबी गतिबिधिमा पनि तिब्रता आएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार