
दार्चुला। प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले संविधान र संघीयता जोगाउने काम सत्ता गठबन्धनले गरिरहेको बताएका छन्।
बिहीबार अपिहिमाल गाउँपालिका–२ घुसामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपीशर्मा ओलीले समाप्त पार्न लागेको संविधान र संघीयता जोगाउन गठबन्धनले आन्दोलन गर्नुपरेको बताएका हुन्।
‘जनताको दुई तिहाइ जनमतमाथि केपी ओलीले विश्वाश घात गरेकाले अब एमालेलाई जनमत दिनुको औचित्य छैन्,’ उनले भने। घुसाको विकास, विद्युत् र पर्यापर्यटनका लागि काम गर्ने उनको भनाई छ।
‘मार्मा, घुसा अपिहिमाल जाऔै भन्ने मूल अभिप्रायका साथ अपिवेश क्याम्पसम्म केबलकार सञ्चालनमा ल्याउने छु,’ उनले भने, ‘केबरकारको लागि नीजि क्षेत्रसँग सम्झौता गर्ने कार्य भइरहेको छ, यसले छिट्टै पूर्णता पाउने छ।’
