२०७९ माघ २४, मंगलवार |
Tuesday, February 7, 2023

अध्यक्ष ओली महेन्द्रनगर आउँदैः ३२ हजार जनता आमसभामा उतार्ने एमालेको दाबी

प्रकाशित:

महेन्द्रनगर। नेकपा एमालेका अध्यक्ष तथ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भोलि महेन्द्रनगरको खुलामञ्चमा सम्बोधित हुँने चुनावी सभाको तयारी झण्डै पूरा भएको छ।

उक्त आमसभामा करिब ३२ हजार जनमानस उर्ताने तयारी गरिएको एमालेको दाबी छ। एमाले कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलन गरी आमसभाको तयारी झण्डै अन्तिम तयारीमा पुगेको जनाएको हो।

आमसभाको तयारीका लागि ८ वटा समिति परिचालन गरी काम भइरहेको एमाले उपाध्यक्ष तथा आमसभा मूल समिति संयोजक लक्ष्मी बुढाले बताइन्। ‘भोली महेन्द्रनगरको खुल्ला मञ्चमा दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुन्छ,’ उनले भनिन्, ‘उक्त कार्यक्रमलाई अध्यक्ष ज्यूले ४ बजे सम्बोधन गर्नुहुनेछ।’

कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि स्वयमसेवक परिचालन गरिने छन्। ‘कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी गराएका छौं, आवश्यक सुरक्षा व्यवस्था मिलाई दिनु भनेका छौं,’ उनले भनिन्, ‘कार्यक्रममा स्वयमसेवकहरु पनि परिचालित हुन्छन्।’

आमसभामा कञ्चनपुरका ९ वटै स्थानीय तहका व्यक्तिहरुलाई सहभागी गराउन पार्टी कमिटीहरुलाई भनिएको छ। ‘स्थानीय तह स्तरका कमिटीहरुले प्रचारप्रसारका कार्यक्रमहरु गरिरहेका छन्,’ बुढाले भनिन्, ‘सम्बन्धित पालिकाका कमिटीहरुले कार्यक्रममा सहभागीहरुको आवतजावतको व्यवस्था मिलाउने छन्।’

अध्यक्ष ओली महेन्द्रनगर आउनु अघि दार्चुला र बैतडीको आमसभालाई सम्बोधन गर्ने छन्। राष्ट्रियताको रक्षार्थ अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भूभाग रहेको दार्चुला जिल्लाबाट चुनावी प्रचारप्रसार सुरु गर्न लागेको एमालेले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार