महेन्द्रनगर । लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ ले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेको हो । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट क्षेत्र ३ का प्रतिनिधी सभा सदस्य रमेश लेखक, प्रदेश सभा सदस्यद्वय टेकेन्द्र प्रशाद भट्ट र बेल बहादुर रानाले चुनावी प्रतिबद्धता पत्र घोषणा गरेका छन ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
सत्ता गठबन्धनका उम्मेदवार त्रयले ल्याएको २० बुँदे घोषणा पत्र अनुसार कञ्चनपुरलाई त्रिदेशीय नाका विस्तार गर्दै दक्षिणमा भारत र उत्तरमा चीनसंग जोड्ने, बन्द रहेको मझगाँउ विमानस्थलको स्तरोन्नती कार्य अघि बढाएर समयमै हवाई सेवा संचालन गराउने प्रतिबद्धता जाहेर गरिएको छ । महाकाली करिडोर निर्माण दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण एव भारतसंगको कनेक्टिभीटीलाई विस्तार गर्ने प्रतिबद्धता जाहेर गरिएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
कञ्चनपुुलाई नेपाल भारत र चीनको त्रिदेशीय नाकाकै रुपमा विकसित गरी यस क्षेत्रलाई ब्यापारिक एव धार्मिक पर्यटकीय क्षेत्र बनाई सम्बृद्धि जिल्ला बनाउने, जिल्लाको उत्तरी भेग बम्ह्रदेबदेखि महाकाली नदी किनारै किनार दार्चुलासम्म महाकाली करिडोर विस्तार गर्ने, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने, महाकाली नदीमा निर्माण भएको चार लेन पुललाई सननिकट रहेको भारतीय शहरसंग जोडी(कनेक्टिीभिटी) नेपाल–भारतको यातायात र व्यापारिक क्षेत्र विस्तार गर्ने एजेण्डा अघि सारिएको छ ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)
शिक्षा तर्फ, स्वास्थ्य खानेपानी, कृषि, सिँचाई, भूमि व्यवस्थापन, वाढी नियन्त्रण तथा चुरे संरक्षण, विद्युत बन्यजन्तुबाट हुने बालीनाली नोक्सानी, पर्यटन प्रर्बद्धन, सडक यातायात विस्तार, युवा लक्षित कार्यक्रम खेलकुद विकास, संसद अवास कार्यक्रमलाई निरन्तरता दिनेदेखि खाद्य गुणस्तरिका कार्यक्रम विस्तार गरिने प्रतिबद्धता जाहेर गरिएको छ ।
लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र ३का नेता एव नेपाली काँग्रेस कञ्चनपुरका नेता ईश्वरी प्रशाद जोशीले सक्नेजती प्रतिबद्धता पत्रमा उल्लेख गरिएको बताए । ‘हाम्रो पार्टी र बाम लोकतान्त्रिक गठबन्धनले सक्ने कार्यक्रम प्रतिबद्धता पत्रमा ल्याएका छौँ, ‘उनले भने, ‘हामीले प्रतिबद्धता गरेर अनुरुप अक्षेरस कामकाज अघि बढाएर जनतालाई विकास दिन्छौँ ।’
बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर माओवादी केन्द्रका नेतृ माया नेगीले गठबन्धनबाट आएको चुनावी प्रतिबद्धता अनुरुप संयुक्त रुपमा योजना सम्पन्न गराउने बताईन । ‘हामीले ल्याएका प्रतिबद्धता कार्यान्वयन गछौँ, ‘उनले भने, ‘कम प्रतिबद्धता बढि काम गछौँ ।’
लोकतान्त्रिक बाम गठबन्धनका उमेदवारलाई मतदान किन ?
त्रिदेशीय नाका, महाकाली करिडोर, सुख्खा बन्दरगाह तथा भारतको पश्चिमि नाकासंग कनेक्टीभिटीः
कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाकोरुपमा बिकास गरी यस क्षेत्रलाई ब्यापारिक एबम् धार्मिक पर्यटकीय क्षेत्र बनाई समृद्ध कञ्चनपुर बनाउने, माहाकाली करीडोर निर्माण गर्ने, दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसको पालामा सुरुवात गरिएको सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न गर्ने, महाकाली नदीमा निर्माण भएको ४ लेन पुललाई सन्ननिकट रहेको भारतीय शहरसंग जोडी ९कनेक्टभिटी० नेपाल भारतको यातायात र ब्यापारिक क्षेत्रसम्म बिस्तार गर्ने,
शिक्षाः
सुदूरपश्चिम विश्वबिद्यालय अन्तर्गत चिकित्सा स्वाथ्य संकाय ९मेडिकल फेकेल्टी० थप गरिने तथा आयुर्वेद तथा जडिबुटी अध्ययन केन्द्र स्थापना गरिने छ साथै सुदूरपश्चिम अन्तरगत रहेका क्याम्पसहरुलाई सु।प। विश्वबिद्यालयको सम्बन्धन उपलब्ध गराई आंगिक क्याम्पसको रुपमा बिकास गरिने छ र सामुदायिक बिद्यालयहरुको आवश्यक्ता अनुसार स्तरोन्नती गरिने छ, दोधारा चाँदनीमा बहुप्राविधिक शिक्षालय स्थापना गरि सञ्चालन गरिने छ,
स्वास्थ्यः
महाकाली प्रादेशिक अस्पतालको स्तरोन्नती तथा सर्पदंश ऊपचार केन्द्र स्थापना गरिने छ, दोधारा चाँदनी स्वास्थ्य केन्द्रको स्तरोन्नती तथा सर्पदंश ऊपचार केन्द्र स्थापना गरिने छ, प्रथमिक स्वास्थ्य केन्द्रहरु, शहरी स्वास्थ्य केन्द्रहरु तथा स्वास्थ्य चौकीहरुको स्तरोन्नती गरिने छ,
खानेपानीः
हरेक नागरीकलाई ५ वर्ष भित्र शुद्ध खानेपानी उपलब्ध गराउन ओभरहेड टेंक निर्माण गरिनेछ,
कृषिः
मल बिउबिजन समयमै उपलब्ध गराईने छ, ब्याबसायिक कृषि बिकासका लागि नेपाली काँग्रेसका पालादेखी अघि बाढाइएका आधुनिक कृषि योजनाहरुलाई निरन्तरता दिइ युवाहरुलाई आकर्षित गर्ने, किसान बर्गीकरण ९साना, मझौला र ठुला०, कृषक परिचयपत्र, कृषक पेन्सन कार्यक्रम लागु गरिने छ ।
सिंचाई
महाकाली सिंचाई आयोजना तेश्रो चरण ९भिनपा १०, ९, ८, ७, ६, ३, १, बेदकोट ८, ७, ६, ४ र दोधारा चाँदनी नपा० लाई राष्ट्रिय गौरब योजनाकोरुपमा प्राथमिकता दिई समयमा सम्पन्न गरिने छ र एकिकृत कृषि परियोजना सञ्चालन गरिनेछ, महाकाली सिंचाई प्रथम चरण अन्तर्गत निर्मित भौतिक संरचनाहरु ९जो हाल जिर्ण अवस्थामा रहेका छन० लाई पुनरनिर्माण र स्तरोन्नति गरिने छ, नहरबाट सिंचाई नलाग्ने क्षेत्रमा भूमिगतजल बाट सिचाई सुबिधा उपलब्ध गराइने छ
भूमि ब्यबस्थापनः
भूमिहीनहरुको स्वामित्व सहित बसोबासको ब्यबस्था गर्ने र अब्यबस्थित बसोबासीहरुको जग्गा नापजाँच गरी जग्गाधनी लालपूर्जा उपलब्ध गराई स्वामित्व कायम गर्ने कार्यलाई निरन्तरता दिईने छ, बाढी नियन्त्रण तथा चुरे संरक्षणमा।
महाकाली नदी, जोगबुढा नदी, चौधर नदी, गहताडी खोला, खन्ने खोला, कामिकाटे खोला, तिलौते खोला र भासी खोला लगायतका खोलाहरुको बाढीबाट कटान तथा डुवान नियन्त्रणका लागी गुरुयोजना निर्माणको कार्यलाई अघि बढाईने छ । साथै चूरे संरक्षणमा जोड दिईने छ ।
बिधुतः
बिधुत नपुगेको क्षेत्रहरुमा बिधुत लाईन बिस्तार गर्ने, । बिधुत उपलब्ध भएको तर भोल्टेज कम भएका क्षेत्रहरुमा आवश्यक्ता
अनुसार क्षमता अभिबृद्दी गरिने,
बन्यजन्तुबाट हुने बालीनाली नोक्सानी नियन्त्रणः
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा चुरे क्षेत्रमा रहेका राष्ट्रिय तथा सामुदायिक वनबाट र दोधारा चाँदनी तर्फ भारतीय जंगलबाट बस्तीहरुमा निस्किने बन्यजन्तुहरुबाट हुने क्षति न्यूनिकरणको साथै स्थायी समाधान गरिने छ ।
पर्यटन प्रबर्धनः
धार्मिक तथा पर्यटकीय महत्वका ऐतिहासिक स्थलहरुलाई आकर्षक पर्यटन गन्तब्य स्थलको रुपमा बिकास गरी ब्यापक प्रचार प्रसार गर्नुका साथै भम्केनी धामलाई घार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी नजिकका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, प्राचीन सिद्धबाबा मन्दिर, झिलमिला ताल, बिष्णुधाम, काली ताल, रौटेला मन्दिर सम्म आवागमनका लागि पदमार्ग, मोटरमार्ग र पुर्वाधारको निर्माण गर्ने तथा महाकाली नदी चारलेन पुल नजिक रहेको हरिहर स्नान घाटलाई स्तरोन्नति गरी देशकै धार्मिक स्थलकोरुपमा बिकास गरी आन्तरिक तथा बाहृय पर्यटकहरुलाई आकर्षण गर्ने योजना अघि बढाईने छ,
बिमानस्थल
मझगाउँ बिमानस्थल स्तरोन्नतीको कार्यलाई यथासिघ्र अगाडी बढाई समयमै सम्पन्न गरी हवाई सेवा सञ्चालनका लागि आवस्यक ब्यबस्थापन गरिने छ,
सडक यातायातः
सडक यातायात नजोडिएका टोल बस्तीहरुमा ग्राभेल सडक, कालोपत्रे सडक, पुलपुलेशा जस्ता पुर्वाधार निर्माण गरिने छ, गड्डाचौकी देखी ब्रहृमदेवसम्म लिंक सडक निर्माण गर्ने, भिमदत नगरपालिकामा चक्रपथ निर्माण गर्ने, एशियन बिकास बैंकको सहयोगमा निर्माण भई रहेको सडक निर्माणको कार्यलाई निरन्तरता दिइने छ,
युवा लक्षित कार्यक्रमः
देश भित्रै रोजगारी सृजना गरी ‘कृषिमा आधारित स्वरोजगारु ‘पर्यटन ब्यबसायमा आधारित स्वरोजगारु र ुसिप बिकासमा आधारित स्वरोजगारमा जोड दिईने छ,
युवा तथा खेलकुदः
युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्न सुबिधा सम्पन्न एउटा क्रिकेट स्टेडियम र आवश्कता अनुसार थप सुबिधा सम्पन्न कर्बड हलहरु निर्माण गरिने छ, दोधारा चाँदनीमा स्टेडियम निर्माण गरिने छ, खेलकुदलाई ब्यवस्थित गर्न यस क्षेत्रमा सम्भावना भएका खेलमा प्रशिक्षकको ब्यवस्था गरिने छ,
सांसद आवास कार्यक्रमः
सांसद आवास कार्यक्रमलाई सञ्चालनमा ल्याई सिमान्तकृत, गरीबिको रेखामुनि रहेका अति बिपन्न वर्ग, सुकुम्बासी लगायतका परिवारहरुलाई सुरक्षित आवासको ब्यबस्था गर्ने,
खाद्य गुणस्तर नियन्त्रणः
फलफुल, तरकारी तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्न एउटा आधुनिक खाद्य प्रयोगशालाको स्थापना गर्ने चुनावी एजेण्डा अघि सारेर गाँउ गाँउमा प्रचारमा हिडेका छन ।