Saturday, July 27, 2024

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको छ : डा. तुलाधर

प्रकाशित:

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका निर्वाचनका लागि आयोगले कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गराउन आयोग लागिरहेको जानकारी दिएकी छिन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मतदानमा खसेको मत बदर नहोस् भन्ने आयोगको लक्ष्यमा सघाउन समुदायस्तरमा मतदातालाई सही सूचना दिएर सुसूचित मतदाता तयार गर्न सञ्चारकर्मीलाई आग्रह गर्दै उनले निर्वाचन आचारसंहिताको अनुगमन र पालनामा समेत सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताइन ।

उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, नियन्त्रण र रेखदेखका लागि संविधानले दिएको जिम्मेवारी पूरा गर्न आयोग कटिबद्ध रहेको र आचारसंहितामा पहिलो पटक मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिलाई परिभाषित गरी त्यसलाई नियमनको व्यवस्था गरिएको पनि बताइन ।

आयोगका सूचना र गतिविधिबारे आम मतदाता र सञ्चारमाध्यमको सहज पहुँचका लागि आयोगले प्रेस अफिसको सञ्चालन, निर्वाचन ई–बुलेटिनको सञ्चालन र टोल फ्रि नम्बर ११०२ बाट कल सेन्टरको सञ्चालन भइरहेकाले त्यसबाट लाभ लिन उनले आग्रह गरिन् ।

मिडियाको भूमिका स्थानीय तहको निर्वाचनमा सशक्त रहेको आफूहरूले पाएको उल्लेख गर्दै आयुक्त तुलाधरले भनिन्, ‘निर्वाचन आचारसंहिताको कार्यान्वयनमा आयोग कडाइका साथ प्रस्तुत भएको छ ।

निर्वाचनका लागि अब १९ दिन मात्र बाँकी रहेको अवस्थामा कात्तिक १७ गतेदेखिको निर्वाचन प्रचारप्रसार अझै पेचिलो हुने देखिन्छ । यस सन्दर्भमा सञ्चार र सबै क्षेत्रको सहयोगविना निर्वाचन सम्पन्न गराउन कठिन हुनेछ ।’

आयोगले सबै गतिविधि संविधान, ऐन, निर्देशिका र कार्यविधिअनुसार गरिरहेको अवगत गराउँदै उनले सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा जोड दिइएको स्पष्ट पारिन् ।

उनले सञ्चारकर्मीप्रति आयोगको ठूलो विश्वास रहेकाले आयोगले आचारसंहिताको अनुगमनलगायतका संरचनामा सञ्चार क्षेत्रको प्रतिनिधित्वलाई अभिन्न अंगका रूपमा व्यवस्था गरेको र यस प्रकारको मिडिया अभिमुखीकरण ७७ वटै जिल्लामा सञ्चालन गरी मतदाता जागरण र आचारसंहिताबारे स्पष्ट जानकारी दिइएको पनि बताइन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार