Advertisements
Advertisements
२०८० जेष्ठ १४, आईतवार |
Sunday, May 28, 2023

दोधारा चाँदनीमा विकासका बजेट दिनु हुँदैन भन्ने मान्छे, आज विकास गर्छु भन्दै गाउँ पसेका छनः राना

प्रकाशित:

Advertisements

महेन्द्रनगर । हिजोका दिनमा दोधारा चाँदनीको विकासमा बाधा पु¥याउने व्यक्ति आज दोधारा चाँदनीकै विकास गर्छौ भनेर आएको कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (२) बाट प्रदेश सभा सदस्यका उम्मेदवार बेलबहादुर रानाले बताए ।

दोधारा चाँदनीमा विकासका बजेटहरु दिन हुँदैन भन्ने व्यक्ति आज आफै दोधारा चाँदनीबासी संग भोट माग्दै आएकोले सजक रहन हुँन उम्मेदवार रानाले आग्रह गरेका छन् ।

दोधारा चाँदनी–८ मा चुनावी घरदैलो कार्यक्रममा कांग्रेस नेता तथा लोकतान्त्रिक वाम गठबन्धनका साझाँ उम्मेदवार रानाले ०७४ को स्थानीय निर्वाचनमा भीमदत्तमा नेकपा एमाले बाट नगरप्रमुखमा विजय भएका सुरेन्द्र बिष्टले दोधारा चाँदनीलाई सकारात्मक पक्षबाट हेर्न नसकेको बताए ।

भीमदत्तको नगर प्रमुख हुँदै गर्दा बिष्टले दोधारा चाँदनीले महाकाली नदीको ढुङ्गा, वालुवा, गिट्टी वाफतको रोयल्टी रकम नपाएको समेत दाबी गरे ।

महाकालीको रोयल्टीमा बराबर भाग लगाउनु पर्नेमा निकै कममात्रै दोधारा चाँदनीलाई दिने सम्झौता गरेको र त्यहि रकम पनि अहिले सम्म दोधारा चाँदनीले नपाएको कांग्रेस नेता रानाको तर्क छ ।

हिजोका दिनमा भीमदत्तमा विजय हुँदा दोधारा चाँदनीलाई दिनु हुँदैन भन्ने मान्छे, आज दोधारा चाँदनीमै विकास गर्छु भनेर आएको हुँदा सबै दोधारा चाँदनीबासीलाई नेता रानाले सचेत हुन आग्रह गरेका छन् ।

भीमदत्तमा नगर प्रमुख हुँदा सिंगो नगरपालिकालाई नै ऋणमा डुवाउने मान्छे भोट माग्न हाम्रो गाउँ पस्दा दोधारा चाँदनीबासीले सतर्क रहनुपर्ने बेला आएको नेता रानाको तर्क छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार