२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

कञ्चनपुरमा कांग्रेसद्वारा १५ जनालाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले कांग्रेसका आधिकारिक उम्मेदवार एवं वाम लोकतान्त्रिक गठबन्धन विरुद्ध उम्मेदवारी दिने १५ जनालाई साधारण सदस्य समेत नरहने गरे निष्कासन गरेको छ ।

सोमवार नेपाली कांग्रेस कञ्चनपुरका सह सचिव तथा जिल्ला अनुशासन समितिका संयोजक नाफु सिंह साउँदद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत १५ जनालाई पार्टीबाट निष्कासन गरिएको जनाइएको छ ।

गत असोज २६ गतेको विस्तारित बैठकको निर्णय अनुसार लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार बिरुद्ध उम्मेदवारी दिने तथा गतिविधि गर्ने १५ जनालाई नेपाली कांग्रेस कञ्चनपुरले साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो ।

पार्टीबाट निष्कासन हुनेमा दिपक बहादुर सिंह, शारदा चन्द, गिरीराज पाण्डेय, नारायण बोहरा, बिरबहादुर बोहरा, दिल्लीराज पनेरु, जगदिश अवस्थी, दुर्गादत्त पायडेय, मदन दमाई, धनबहादुर शाही, पिताम्बर जोशी, सुरेन्द्र सुनार, गोपाल सिंह बुढा, सञ्जित सिंह राना, जगत सायर रहेको उक्त विज्ञप्ति मार्फत जनाइएको छ ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार