Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

नगरपालिका–४ का वडावासी किसानहरुलाई आजदेखि निःशुल्क बीउ वितरण

प्रकाशित:

Advertisements

महेन्द्रनगर । किसानलाई सागसब्जीमा आत्मनिर्भर बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–४ ले टोलटोलमै पुगेर वडावासीलाई आजदेखि निःशुल्क बीउ वितरण गर्न सुरु गरेको छ ।

वडाका २३ वटा टोल संस्थामार्फत वडाध्यक्षसहितका जनप्रतिनिधि आफैँ पुगेर किसानलाई उन्नत जातको बीउ वितरण गरेका हुन् ।

‘किसानको हात वडाको साथ’ भन्ने नारा नै तय गरेर वडाले धनियाँ, रायो, चम्सुर, काक्रा, फर्सी, लौकालगायतका बीउ वितरण गरेको वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

“वडावासी सागसब्जीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ”, उनले भने, “बीउ नै घरघरमा पु¥याएपछि किसानलाई प्रोत्साहन पनि हुन्छ, सब्जीखेती गर्न पनि बाध्य हुन्छन् ।”

उहाँले वडाको रु एक लाख खर्चेर अगुवा किसान सन्तोष अधिकारीमार्फत उन्नत जातको सागसब्जीको बीउ खरिद गरेको बताए ।

निःशुल्क बीउ वितरणका लागि आलूमा रु एक लाख ५० हजार, तोरी खेतीका लागि रु.एक लाख ५० हजार, बेमौसमी तरकारी खेतीका लागि रु. एक लाख ५० हजार गरी रु पाँच लाख ५० हजार बजेट विनियोजन गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

धान पाकेसँगै किसानले खेतमा अब सागसब्जी खेतीका लागि माटो धमाधम तयार गरिरहेका छन् । बाहुनडाँगी–१ भोर्लेनीका किसान रमेश दर्जीले वडाले दिएको बीउबाटै पाँच कट्ठामा रायो साग, मुला, धनियाँ लगाउने तयारी गरिरहेको बताए ।

वडाध्यक्ष आफैँले बीउ घरमै पु¥याउन आएपछि खुसी हुँदै दर्जीले सब्जीखेतीको तयारी गरेको बताए । “वडाले बीउ त दियो, अब आवश्यक मल पनि उपलब्ध गराइदिन्छ भन्ने आशा छ”, उनले भने ।

अध्यक्ष कार्कीले वडाका एक हजार तीन सय घरधुरीलाई नै आफैँलाई आवश्यक पर्ने तरकारी आफैँ उत्पादन गर्न बीउ दिँदै आग्रह गरेका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार