Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

रेशम चौधरीले जेलमै बुझे २६ वर्ष अघिको गीतको रोयल्टी

प्रकाशित:

Advertisements

काठमाडौं । कैलालीको टिकापुरमा भएको प्रहरी र सर्वसाधारण नागरिकको हत्यामा संलग्न रहेको आरोपमा डिल्ली बजार कारागारमा रहेका रेशम चौधरीले २६ वर्षपछि गीतको रोयल्टी बुझेका छन् ।

उनले २०५३ सालमा निकालेको गीति एल्बम ‘हाल खबर’को रोयल्टी १७ हजार २१५ रुपैयाँ मुन लाइट्स रेकर्डसका सञ्चालक चन्द्रप्रकाश शर्माले उपलब्ध गराएका हुन् ।

‘करिब २६ वर्षपछि पाएको आफ्नो पारिश्रमिकले मलाई अत्यन्तै उत्साहित बनाएको छ,’ कारागारबाटै निकालेको विज्ञप्तिमा चौधरीले लेखेका छन्, ‘मैले यो रकम मेरो श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई निर्वाचन खर्चका लागि छुट्याएको छु ।’

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार