Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बन्दै :गृहमन्त्री खाँण

प्रकाशित:

Advertisements

महेन्द्रनगर । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा निर्माण भइसकेका र निर्माणाधीन विकासका पूर्वाधारहरुका कारण रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका छन् ।

मन्त्री खाँणले भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी, बेलहिया नाका, अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) लगायत पूर्वाधारले रुपन्देही देशकै प्रमुख आर्थिक केन्द्र बनेको बताएका हुन् ।

‘पूर्वाधार मात्रै नभएर शिक्षा, स्वास्थ्य, रोजगारी बृद्धि लगायतका क्षेत्रमा पनि रुपन्देहीलाई अब्बल र विकसित बनाउन सकिन्छ’, उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई यात्रुु बोक्ने मात्र नभई कार्गो सेन्टर बनाउन सकिन्छ ।’

रुपन्देहीको सेमलारमा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी केन्द्र भन्दा ठूलो कृषि थोक बजार केन्द्र निर्माणको क्रममा रहेकाले नेपाली कृषिजन्य वस्तु विदेश निर्यात गर्न सकिने उनको भनाइ छ ।

खाँणले विदेशबाट हवाई मार्ग हुँदै ल्याउनुुपर्ने मालसामान गौतमबुद्ध विमानस्थलमै ल्याउने र विदेश निर्यात गर्ने सामान पनि यही विमानस्थलबाट पठाउने वातावरण बनेको पनि बताए ।

यसकारण हजारौं रोजगारीका अवसर आउने र रोजगारीमा यसै क्षेत्रका स्थानीयलाई प्राथमिकता दिइने मन्त्री खाँणले आश्वासन दिए । (अनलाईन खबर)

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार