Friday, April 19, 2024

स्वास्थ्य मन्त्रालयले डाक्टरलाई शान्ति मिसनमा पठाउने

प्रकाशित:

महेन्द्रनगर । सरकारले पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्थायी डाक्टरलाई शान्ति मिसनमा पठाउने भएको छ ।स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै एक वर्षे मिसनमा लागि लिवियामा जान चाहने जनरल सर्जनलाई आगामी १६ कात्तिकसम्म सम्पर्क गर्न अनुरोध गरेको हो ।

रक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाउँदै लिवियाको शान्ति मिसनका लागि तीन जना जनरल सर्जन पठाउन आग्रह गरेको थियो । सोही अनुसार जारी सूचनामा एक वर्षे मिसनमा जाने चिकित्सक मन्त्रालय अन्तरगतको स्थायी कर्मचारी हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कम्तीमा तीन वर्षको अनुभव प्राप्त हुनुपर्ने उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार