महेन्द्रनगर । मंगलबार बिहान ट्याक्टर दुर्घटना हुँदा दार्चुला ब्यास गाउँपालिका–५ धौलाकोटमा चालकको मृत्यु भएको छ ।
डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा सोही गाउँपालिका–४ का ४० वर्षीय देवसिंह बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाए ।