Saturday, July 27, 2024

बेलडाँडी गाँउपालिका-४ का सहिद पत्नीको निधन

प्रकाशित:

महेन्द्रनगर । सोमबार राती वैवाह बेलडाँडी गाँउपालिका-४ वैवाह सहिद तिर्थ बहादुर बुढा (महाकाली) की धर्मपत्नी धनसरी बुढाको निधन भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

५८ बर्षको उमेरमा सहित पत्नीको निधन भएको माओवादी केन्द्र बेलडाँडीका युवा नेता हरि प्रशाद शर्माले बताए ।मंगलबार चौधर नदीमा मृतक धनसरीको अन्त्येष्टी गरिएको छ ।

माओवादीले घाटमै मौन धारण गरेका छन । नेकपा माओवादी केन्द्रका पोल्टिब्यूरो सदस्य लोकेन्द्र लम्सालले पार्टीको झण्डा ओढाउँदै पार्टीलाई अपुरणिय क्षति भएको बताए ।

धनसरी सहिद परिवार सदस्य थिईन । धनसरीको मृत्युसंगै उनको घर परिवार आफन्त पार्टी पंक्ति स्तब्ध भएका छन ।व्यवस्था परिर्वतनका लागि माओवादीले अघि सारेको जनयुद्धका क्रममा ०६२ सालमा तिर्थ बहादुर बुढा (महाकाली) ले साहदत प्राप्त गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार