Saturday, July 27, 2024

मोहनापुल–अत्तरिया ६ लेन सडकमा राखिएका डिभाइडरले दुर्घटना बढाउँदै

प्रकाशित:

महेन्द्रनगर ।  फागुनमा अत्तरियाबाट धनगढी आउँदै गरेको से५प ३९४६ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका–१३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर गोदावरी नगरपालिका–५ का दलबहादुर भट्टराइएको मृत्यु भयो। गत असोज २३ गते धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा हसनपुरका २६ वर्षीय दिमेश सिंहको पनि डिभाइडरमै ठोक्किएर मृत्यु भयो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अत्तरियाबाट धनगढी आउँदै गरको से ६ प ६१४७ नम्बरको मोटरसाइकल धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर सिंहको मृत्यु भएको थियो। त्यसपछि पनि पटकपटक डिभाइडरमा ठोक्किएर दुर्घटना भएका छन्।

सडक चौडा बनाउन ६ लेन सडक निर्माण गरिएको भएपनि सडक दायाँबायाँ राखिएका डिभाइडरका कारण सडक साँघुरो भएको धनगढीका अटो चालक नरेन्द्र धामीले बताए। ‘सर्भिस लेन छुट्याउन डिभाइडर राखिएको भएपनि सो क्षेत्र सवारी पार्किङ्गको रुपमा प्रयोग हुँदा दुर्घटनाको जोखिम बढेको छ, सडक साँघुरो हुने गरी राखिएका डिभाइडर व्यवहारिक देखिदैनन्।’

डिभाइडरका कारण विशेष गरी रातीको समयमा दुर्घटना बढि हुने गरेको चालकको गुनासो छ। सडक सुरक्षाका लागि डिभाइडर आवश्यक रहेको दाबी गरिएपनि धनगढी–अत्तरिया ६ लेन सडकको हकमा भने व्यवहारिक हुन सकेको छैन। सडक खण्डमा सुरक्षाका लागि आवश्यक जेब्राक्रस, ट्राफिक संकेत, ट्राफिक लाइट, फुटपाथ लगायत सडक पूर्वाधार तयार नगरी डिभाइडर मात्र राखेर जोखिम झनै बढेको सवारी चालक बताउँछन्। सडकमा राखिएका डिभाइडरका कारण आवतजावत गर्नै मुस्किल हुने गरेको छ। साथै डिभाइडरले छुट्याएको लेनमा पार्किङ हुँदै आएको छ।

ट्राफिक प्रहरीले भने सडकको लेन छुट्याउनेबाहेक डिभाइडरको खासै औचित्य नभएको बताएको छ। ६ लेन सडकमा राखिएका डिभाइडर प्रयोगमा नआउँदा सडक मात्र साँघुरो बन्न गएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रविन धितालले बताए। ‘सवारी चालकले सडकको लेनअनुसार नियम पालना गर्ने हो भने डिभाइडरको आवश्यकता पर्दैन, पहिलो, दोस्रो अनि तेस्रो लेन भनेर ट्राफिक नियमको मात्र पालना गर्ने हो भने डिभाइडर चाहिदैन र दुर्घटना पनि हुँदैन।’

डिभाइडरले छुट्याएको लेनमा साना गाडी चलाउनु पर्ने भएपनि ट्याकंर, ट्रक, कार, जिप, विगंर लगायतका साना तथा ठुला सवारी पार्किङ गरिदैँ आएको छ। जसका कारण सडक दुर्घटनाको जोखिम मात्र बढेको छैन सडक क्षेत्र नै कुरुप देखिएको छ। हाइवे सडकमा स्पीडमा सवारी चलाउनु पर्ने भएपनि डिभाइडरका कारण त्रासमा सवारी हाँक्नु पर्ने अवस्था छ।

ताजा समाचार

सम्बन्धित समाचार