आज बेलुका ४ बजेर ५२ मिनेटदेखि ३२ मिनेटसम्म ग्रहण लाग्दै

प्रकाशित:

महेन्द्रनगर । ‘आज बेलुका ४ बजेर ५२ मिनेटदेखि ३२ मिनेटसम्म ग्रहण लाग्दैछ । त्योभन्दा अघिको सूतकमा ग्रहणभन्दा अघि नै गाईपूजा लगायत अन्य कर्मकाण्ड गर्न सकिन्छ ।

यतिबेला भोजन गर्न भने निषेध छ ।’सूर्य वा चन्द्रमा छेकिएर जब छाया पर्छ, त्यही हो ग्रहण । थुप्रै कथा–कहानी छन्, सूर्य तथा चन्द्रग्रहणमाथि यो किन लाग्छ, यसको असर के हुन्छ, पृथ्वी, मान्छे र जीवन जगत्मा पर्ने प्रभावमाथिको विश्लेषण वैज्ञानिकहरूका लागि जहिल्यै उत्सुकता रहिआएको छ ।

यस पटक हामी फेरि सूर्यग्रहणको नजिक छौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार आगामी मंगलबार अपराह्न ४ः५२ बजेदेखि करिब ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिनेछ । अपराह्न लाग्ने खण्डग्रास सूर्यग्रहण तराईभन्दा पहाडी र खुला क्षेत्रबाट मात्रै देखिनेछ ।

सूर्यग्रहणमा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा एउटा लहरमा हुन्छ । ‘पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ, चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आइपुग्छ,’ नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट)का सहप्राज्ञ एवं खगोल अध्येता विनोद अधिकारी भन्छन्, ‘चन्द्रमा पृथ्वी र सूर्यको बीचमा हुँदा सूर्यबाट आउने प्रकाश चन्द्रमाले छेकिदिन्छ ।

जसका कारणले चन्द्रमाको छाया पृथ्वीमा पर्छ ।’ अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार ग्रहण यस्तो आकाशीय घटना हो, जहाँ हामीले देख्दै आएको दुई ठूला वस्तु, सूर्य र चन्द्रमाको वस्तुको रूप परिवर्तन गरिदिन्छ ।

कुनै पनि एउटा आकाशीय पिण्डले अर्को आकाशीय पिण्डलाई छेकेर सूर्यको प्रकाश जानबाट रोक्दा ग्रहण लाग्ने गर्छ । ग्रहण लागेको बेला आकाशीय पिण्डको छाया अर्को वस्तुमा देखिन्छ ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार