Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट

प्रकाशित:

Advertisements

काठमाडौंः गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ। रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तले आइतबार अस्पतालका मेडिकल अधिकृत अविनाश पराजुलीलाई कुटपिट गरेका हुन्।

‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरिकुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका ३ जना आफन्तले ओपीडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गर्नुभएछ।’

घटनाबारे छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठले बताए। घटना लगतै समितिले विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार